सातै प्रदेशमा भेला गर्दै ओली समूह

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले सातै प्रदेशमा भेला गर्ने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले भाली (बुधबार) सातै पद्रेशमा भेला गर्ने भएको हो ।
बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने जनाइएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समुहको केन्द्रिय समितीको बैठकले सो निर्णय गरेको हो ।
आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर गतिविधि अगाडि बढाएको यो समूहले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।
ओलीले विधान संशोधन गर्दै हालको केन्द्रीय कमिटीमा ५ सय ५६ जना सदस्य थप गरिएको छ । १ हजार १ सय ९९ जनाको महाधिवेशन आयोजक समितिमा रिक्त हुने १ सय ९६ जना पछि थप गर्ने ओली समूहको निर्णय छ ।