नेकपा सांसदहरु सिंहदरबारमा

हेटौडा न्युज
५ पुष २०७७, आईतवार १२:५५
;

मकवानपुर । संसद विघटनका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु सिंहदरवार पुगेका छन् । संसद विघटनका विषयमा छलफल गर्न नेकपाका सांसदहरु सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा भेला भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि उक्त विषयमा छलफल गर्न नेकपाका सांसदहरु छलफलमा जुटेका हुन् ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्रीले उक्त सिफारिस गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*