युवा संघले संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने

नेकपाको भ्रातृ संगठन राष्ट्रिय यूवा संघ नेपाल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा सडकमा उत्रिन युवाहरुलाई आग्रह गरेका छन् । प्रधामन्त्रीको असंवैधानिक कदमविरुद्ध उनले यवाहरुलाई प्रदर्शनमा उत्रिन आग्रह गरेका हुन् ।
संघले देशभर विरोध प्रर्दशन गर्ने र आज दिउँसो ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने उनले बताए ।
संसदीय सर्वोच्चता र जनताको अभिमतको अपमान भएको बताउँदै प्रधानमन्त्रीको यो कदमलाई संघर्ष गरेर सडकबाट फिर्ता गरिन्छ उनले भने ।
आजै नेकपा निकट अनेरास्ववीयूले पनि माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि पार्टीभित्र तथा बाहिरबाट चौतर्फी विरोध भइरहेको छ ।