आध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

काठमाडौं । संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक बस्नु अघि आध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत भएका हुन् ।
यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् ।
स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको जनाइएको छ ।