नेकपा स्थायी कमिटी बैठक सुरु

हेटौडा न्युज
१ पुष २०७७, बुधबार १६:३१
;

काठमाडौं । नेकपा स्थायी कमिटी बैठकको बालुवाटारमा सुरु भएको छ । निर्धारीत समयभन्दा तीन घन्टा ढिला गरी बैठक सुरु भएको हो ।

दिउँसो १ बजे बोलाइएको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसहितका नेता सहभागी नभएपछि बैठक बस्न सकेको थिएन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही शीर्ष नेतासँगको छलफलपछि स्थायी कमिटी बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसमेत उपस्थित भएका छन् ।

बैठक अघि दुवै अध्यक्ष ओली र कार्यवाहक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई चरणमा छलफल भएको थियो ।

छलफलमा प्रचण्डले सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अध्यादेश फिर्ताको माग गरेका छन् ।

ओलीले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कहाँ बुझाइएको निवेदन फिर्ता लिनुपर्ने अडान राखेका छन् । यही तनावकाबीच तीन घण्टा ढिला गरी स्थायी कमिटी बैठक सुरु भएको हो ।

पार्टीको बैठक चलिरहेका बेला मंगलबार सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ । आजको बैठकमा अध्यादेशकै विषयमा केन्द्रित हुने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*