विप्लवदेखि राजासम्म अट्ने व्यवस्था निर्माण गर्नुपर्छः अध्यक्ष थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष कमल थापाले विप्लवदेखि राजासम्म अट्ने व्यवस्था लागु गर्नुपर्ने बताएका छन् । बिहिबार हेटौंडामा आयोजित पार्टीको झण्डा तथा चुनाव चिन्ह अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले हालको राज्य व्यवस्थामा सबै जनता तथा राजनीतिक पााार्टीको प्रतिनीधित्व नगरेको भन्दै अब देशमा विप्लवदेखि राजालाई समेत समेट्ने खालको व्यवस्था लागु गर्नुपर्ने बताएका हुन् ।
सबै विचारधाराका व्यक्तिलाई समेट्ने व्यवस्था निर्माणका लागि राप्रपाले जिम्मेवारी बोकेको बताउँदै अध्यक्ष थापाले नेपाली कांग्रेससहितका दलहरुलाई सो व्यवस्था निर्माणका लागि सघाउन आग्रह गरे ।
त्यस्तै उनले हाल राजाको पक्षमा सडकमा प्रर्दशन हुनुमा पूर्व राजा ज्ञानेन्द्रको १४ बर्षसम्मको शालिन व्यवहारका कारण जनता उत्साहित भई संबैधानिक राजसंस्थाको पक्षमा सडकमा उत्रिएको बताए । बाह्य शक्तिले नेपालको राजनीतिक दलहरुलाई प्रयोग गरी संबैधानिक राजसंस्थालाई नेपालीहरुको चाहाना अनुसार जनमत संग्रहबाट विस्थापित नगरी राजसंस्थालाई किनारा लगाएको षडयन्त्र बुझेर अहिले देशभरीनै स्व स्फूर्त रुपमा युवालगायत सर्वसाधारण नागरिकहरु संबैधानिक राजसंस्थाको साथै हिन्दु राष्ट्रको पक्षमा एकजुट भएको बताए ।
उनले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको कारणबाट मात्र नभई बाह्य शक्तिको कारणबाट राजसंस्था बिस्थापित गरिएको सत्यलाई नकार्न सकिँदैन, दुबै छिमेकी मुलुकप्रति सन्तुलित कुटनैतिक सम्बन्ध राख्न चुनावभन्दा माथि उठेको एकताको प्रतिकको रुपमा राजसंस्थालाई नै राजेको नेपालीहरुको चाहाना होे भने ।
उनले गणतन्त्रबादीहरुले राजाबादीहरुसंग तर्सिन नपर्ने र राजाबादीहरुले गणतन्त्रबादीसंग झस्किनु नपर्ने दृढता व्यक्त गर्दै मुलुकमा संसदीय प्रजातन्त्रको बिकल्प नरहेको हुँदा सडकको आन्दोलनलाई भन्दा संसद र जनमत संग्रहको माध्ययमबाट देशमा अहिले देखिएको राष्ट्रिय संकटलाई निकाश दिनेतर्फ राजनीतिक दलहरुले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था आएको बताए ।
अध्यक्ष थापाले राप्रपा एकिकृत भएपछि चुनाव चिन्ह हलो र गाई चिन्हको झण्डाको समेत आज सार्वजनिकरण गरेका छन् ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरु बिजय खड्का, नवराज बिष्ट, राजाराम बर्तौला, मधु अधिकारी, बालकृष्ण कार्की, पार्टी मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने लगायत सहभागि रहेका थिए ।