थापाथलीमा दाहाल र नेपाल निकट विद्यार्थीको भेला हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल निकट विद्यार्थीहरुको भेला हुने भएको छ । थापाथलीमा आज दिउसो १ बजे अध्यक्ष दाहाल र नेता नेपाल समुहका विद्यार्थीहरुको भेला हुने भएको हो ।
नेकपाको विवाद उत्कर्षमा पुगेको बेला दाहाल र नेपाल समुहका विद्यार्थीहरुको भेला हुन लागेको हो. ।
प्रचण्ड र नेपाल समूहका विद्यार्थीहरुको भेलालाई प्रचण्ड–नेपाल समूहका नेताहरुले सम्बोधन गर्ने तयारी रहेको छ।