राप्रपाले मङ्सिर १९ गते हेटौंडामा प्रदर्शन गर्ने

हेटौडा न्युज
१६ मंसिर २०७७, मंगलवार १३:४६
;

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हेटौंडामा राजासहितको प्रजातन्त्रको माग गर्दै प्रदर्शन गर्ने भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा राप्रपाले मंसिर १९ गते राजासहितको प्रजातन्त्रको लागि प्रदर्शन गर्ने भएको हो ।

सोमबार राप्रपाको केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले सामाजिक संजाल फेसबुकमार्फत आउँदो मङ्सिर १९ गते सो कार्यक्रम गर्न लागेको जानकारी दिएका छन् ।

उनका अनुसार आउँदौ मंसिर १९ गते हेटौंडामा राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको लागि बृहत मोटरसाईकल ¥यालीसहित प्रदर्शन गरिने छ ।

उनले भनेका छन्,“मंसिर १९ गते हेटौंडामा भेटौ। भ्रष्टाचार, बेरोजगारी, धर्मपरिबर्तन र विकृतीका विरुद्ध आवाज बुलन्द पारौं । राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गर्न जनदवाब सृजना गर्दै हस्तक्षेपकारी भुमिका निर्बाह गरौ। ”

मोटरसाईकल ¥याली कार्यक्रम राप्रपा मकवानपुरको आयोजनामा हुने बताईएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*