हेटौंडामा सङ्घीयताको खारेजीकोे माग गर्दै र्याली

मकवानपुर । मकवानपुरको हेटौंडामा सङ्घीयताको खारेजीको माग गर्दै र्याली निकालिएको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा सङ्घीयताको खारेज गरी राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै बिशाल र्याली निकालिएको हो ।
र्यालीमा राजसंस्थासहितको २०४७ सालको संविधान पुनस्र्थापना हुनुपर्ने माग गरिएको हो ।
२०४७ को संविधान पुनस्र्थापना अभियान नाम दिईएको र्यालीमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेज हुनु पर्ने, २०४७ सालको संविधान लागू गर्नु पर्ने नारा लगाईएको थियो ।
सहभागीहरुले वर्तमान गणतान्त्रिक संविधानले मुलुकले जनताको हित नहुने र हालको संविधान अनुसारका सरकारले जनताको पक्षमा काम नगरेको, बरु मुलुकको एकतामा चोट पुर्याएको बताएका छन् । सहभागीहरुले गणतान्त्रिक सरकारको शैलीका कारण स्वस्फुर्त विरोध स्वरुप र्यालीमा सहभागिता रहेको दाबी गरेका थिए ।
आजको र्यालीका कारण हेटौंडा बजारको यातायात व्यवस्था केहीघण्टा अवरुद्ध भएको थियो ।