चारै सुरक्षा निकाय प्रमुखसँगको छलफलमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसंग भेट गरेका हुन्।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग प्रधानमन्त्रीले छलफल गरेका हुन्।
छलफल के विषयमा भयो भन्नेबारे सार्वजनिक गरिएको छैन।
प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित प्रक्रिया भएको बताएको छ।