मन्त्रीपरिषद् बैठक २ बजे बस्ने

हेटौडा न्युज
३ मंसिर २०७७, बुधबार १०:५५
;

काठमाडौं। मन्त्रीपरिषद्को आकस्मिक बैठक आज २ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज २ बजेका लागि बालुवाटारमा आकस्मिक बैठक बोलाएका हुन् ।

प्रायः सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक आज केही निर्णय तत्काल गर्नु पर्ने भएको हुँदा बोलाइएको जनाइएको छ ।

यस अघि आज १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजेका लागि सारिएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १ बजे बस्ने भएपछि मन्त्रिपरिषद्को बैठक २ बजेलाई सारिएको हो।

नेकपाको सचिवालय बैठक सकिए लगत्तै दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*