प्रदेशको राजधानी भालुवाङ बनाउने प्रदेश ५ सरकारको निर्णय

बुटवल । प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रदेश ५ सरकारले निर्णय गरेको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राजधानी दाङ तोक्ने सहमति भएको हो।
मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।
त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए ।