वामदेवविरुद्धको रिटको सुनुवाइ आज

हेटौडा न्युज
७ आश्विन २०७७, बुधबार १०:४४
;

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम विरुद्धको रिटको सुनुवाई आज हुँदै छ । गत सोमबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित अन्य दुईजनाले दायर गरेको रिटको गौतमवविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको आज सुनुवाइ हुँदैछ ।

गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन संविधानविपरीत भएको भन्दै सर्वोच्चमा गौतम विरुद्ध रिट परेको थियो । उनलाई मन्त्री नबनाउन नहुने माग सर्वोच्चमा दायर गरिएको रिटमा उल्येख छ ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको व्यक्ति विभिन्न दाउपेच गरी राष्ट्रिय सभामा मनोनीत भएको र मन्त्री पनि बन्न लागेको भन्दै गौतमविरुद्ध अधिवक्ताहरु सर्वोच्च पुगेका हुन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*