गोकुल बाँस्कोटा अडियो प्रकरणः म भागेको हैन, जापानबाट रेकर्डिङ लिएर आउँदैछु

काठमाडौँ । प्रेस खरिद प्रकरण खुलासा गर्ने विजयप्रकाश मिश्रले आफू नभागेको बताएका छन् । तत्कालिन सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० लाख मागेको अडियो बाहिर ल्याउने मिश्रले यस्तो बताएका हुन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै मिश्रले रेकर्डिङ डिभाइस अख्तियारमा बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा लिन जापान आएको दाबी गरेका छन् ।
शक्ति र पैसाको आडमा गरिने चाटुकारिता क्षणिक हुने र अन्त्यमा सत्यको नै जित हुने कुरामा विश्वस्त रहेको मिश्रले बताए ।
‘अडियो प्रकरणमा बाहिर आउन बाँकी कुराहरु अझै गर्भमा दबिएर बसेको छन्,’ मिश्रले भनेका छन्, ‘सबै प्रमाणहरु जुटाएर अख्तियारमा पेश गर्नेछु ।’ कसैको गुणगान गाएर १० जना फेसबुकमा साथी बनाएर म्यासेज गर्दैमा कोही चोखिन नसक्ने मिश्रको भनाइ छ ।