विप्लवका सैन्य कमाण्डर जसपामा प्रवेश

काठमाडौं । विप्लव समूहका तत्कालीन सैन्य कमाण्डर जीवन लामा (जमी) लगायतका कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
लामालगायत विभिन्न जिल्लाका ८८ जना कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।
लामाको नेतृत्वमा व्यूरो सदस्य प्रह्लाद फुयाल, रौतहटका पूर्व जिल्ला सेक्रेटरी गोपाल जिम्बालगायत कार्यकर्ता जसपा प्रवेश गरेका हुन् ।