कांग्रेस हेटौंडा नगर सभापति पराजुलीलाई कोरोना पुष्टि

हेटौडा न्युज
५ भाद्र २०७७, शुक्रबार २१:२०
;

मकवानपुर । कोरोना भाईरसबाट नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुली संक्रमित भएका छन् । आज साँझ सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना पुष्टि भएको उल्लेख गरेका छन् ।

नगर सभापति पराजुलीले सामाजिक सञ्जालमा गरेको पोष्ट ।

हेटौंडा स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा आफू कोरोना संक्रमित भएको जनाएका छन् ।
पराजुलीले कोरोना संक्रमित हुनु भनेको अपराध गरेको नभई जो कोकोहीलाई पनि हुन सक्ने भएकाले संक्रमितलाई सकारात्मक बिचार र हौसला आबश्यक रहेको उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*