हेटौंडामा थप १ व्यक्तिको मृत्युपछि कोरोना पुष्टि
मकवानपुर । हेटौंडामा थप १ जनाको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिका-४ का एक जना पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
हिजो राती चितवनको पुरानो मेडिकल कलेजमा उनको मृत्यु भएको थियो । रुघाखोकी ज्वरोको समस्या आएपछि उपचारको लागि हेटौँडाको एक निजि क्लिनिक पुगेका थिए । तर उक्त निजि क्लिनकले निमोनिया भएको हुनसक्ने भन्दै भरतपुर जानको लागि आग्रह गरेपछि उनलाई पुरानो मेडिकल कलेज लगिएको थियो ।
कोरोना परिक्षण पश्चात मात्र शव लैजान आग्रह गरेपछि मृतक युवकको स्वाव परिक्षण गरिएको थियो । परिक्षणको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
यस अघि हेटौँडा उपमहानगरपालिका वडा नंबर १ तथा वडा नंबर १९ मा पनि मृत्युपछि दुईजनामा कोरोना पुष्टि भएको थियो ।