स्वाब दिएपछि आइसोलेसनमा बस्न आग्रह

हेटौडा न्युज
२९ श्रावण २०७७, बिहीबार १७:२८
;

काठमाडौं । कोरोना परीक्षणका लागि स्वाब दिएपछि अनिवार्य रुपमा आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि अनिवार्य रुपमा आईसोलेसन बस्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार नियमित प्रेस ब्रिफिङमा कोरोना परीक्षणका लागि स्वाब दिएकाहरु अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका हुन् ।

उनीहरुलाई नमुना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि आफ्नो सम्पर्कमा रहेकाहरुलाई खबर गर्न आग्रह गरिएको छ ।

कोरोना परीक्षणका लागि स्वाब दिएकाहरु रिपोर्ट नआउँदै समुदायमा घुम्ने र पछि संक्रमण पुष्टि हुँदा सम्पर्कमा आएका व्यक्तिको खोजीमा समस्या हुने भएकोले स्वाब दिएपछि अनिवार्य रुपमा आइसोलेन बसी कोरोना नियन्त्रणमा सरकारलाई सघाउन आग्रह गरीएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*