डिन कार्यालय तोडफोड गर्ने नेविसंघका ८ कार्यकर्ता पक्राउ

हेटौडा न्युज
२७ श्रावण २०७७, मंगलवार १५:०७
;

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको डिन कार्यालयमा तोडफोड गर्ने नेपला विद्यार्थी संघ (नेविसंघ)का ८ जना कार्यकर्ता पक्राउ परेका छन् । डिन कार्यालयमा तालबन्दी गर्न भन्दै गएका विद्यार्थी सङ्गठनले तोडफोड गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आफूले राखेका मागहरू पूरा नगरेको भन्दै नेविसंघ आन्दोलित भएको थियो । विश्वविद्यालयका ३ कार्यालय र उपकुलपति कार्यालयको गाडीमा नेविसंघका विद्यार्थीहरुले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*