मूख्यमन्त्रीको अभिव्यक्ति विरूद्ध मकवानपुरका सांसदको विज्ञप्ति

हेटौडा न्युज
२६ श्रावण २०७७, सोमबार १५:२३
;

मकवानपुर । मूख्यमन्त्री डोरमणी पौडेलको पछिल्लो अभिव्यक्ति आफ्नो गल्ती कमजोरी ढाकछोप गर्न आएको बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टि (नेकपा) मकवानपुरका ४ सांसदले आरोप लगाएका छन् । उनीहरुले मुख्यमन्त्री पौडेलको अभिव्यक्ति
प्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्यहरु कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी र ओम घलानले मुख्यमन्त्री पौडेले दिएका पछिल्ला अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रदेश सरकारले विनियोजित बजेट खर्च गर्न नसक्नु सरकारको कमजोरी भएको र बजेट पास नहुने अवस्थाबीच बजेट पास भएको कुरालाई ढाकछोप गर्न मूख्यमन्त्री पौडेलले आफुविरुद्ध अविश्वासको प्रस्ताव र हस्ताक्षर अभियान चलाईएको भनेर अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्येख छ ।

जारी प्रस विज्ञप्तिमा उल्येख भए अनुसार प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च हुन नसक्नुमा सरकारकै कमजोरी रहन्छ । यो सामान्य विषय नै रह्यो । यद्यपी बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा बनाउने सन्दर्भमा पार्टीले गरेको निर्णय हामीले आत्मसात् गरेका हौं । तर मूख्यमन्त्री ज्यूले यसलाई व्यक्तिगत पूँजीका रुपमा लिएपछि प्रदेशसभा सदस्यमा रहेको असन्तुष्टी बजेटका सन्दर्भमा प्रकट भएको हुन सक्छ । बजेट पास नहुने अवस्था भएपछि पार्टी प्रदेश कमिटी इन्चार्ज लगायतको पहलकदमीले बजेट पास हुने वातावरण नेको मूख्यमन्त्री ज्यूमा अवगत नै छ ।’

यी सबै घटनाक्रमका बाबजुद पनि प्रदेशसभामा आफुलाई कमजोर महसुस गरी यो कमजोरी ढाकछोप गर्न मूख्यमन्त्रीले त्यस्तो अभिव्यक्ति दिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले अविश्वासको प्रस्ताव र हस्ताक्षर अभियानको पुष्टी गर्ने अधिकार मूख्यमन्त्रीमा रहेको जानकारी दिंदै सर्वसाधारण, पार्टी नेतृत्व, नेता, कार्यकर्तामा भ्रममा नपर्न आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*