बागमती प्रदेशमा ४० जना कोरोना संक्रमित थपिए

हेटौडा न्युज
१७ श्रावण २०७७, शनिबार १०:४४
;

मकवानपुर । बागमती प्रदेशको विभिन्न जिल्लामा ४० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ६ जना पुगेको छ ।
शुक्रवार प्रदेशको काठमाडौंका ३२ जना, ललितपुरका ५, भक्तपुरका १ र नुवाकोटमा २ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कूल कोरोना संक्रमितमध्ये ५ सय २६ जना डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

प्रदेशमा हालसम्म ११ हजार २ सय ४१ वटा क्वारेन्टाइन बेर्ड व्यवस्थापनमा ९ सय ५८ जना बस्दै आएको र १ हजार ६ सय २४ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*