अन्तरप्रदेश बासिन्दाको विधेयक प्रदेश प्रमुख प्रसाईद्वारा प्रमाणीकरण

हेटौडा न्युज
१३ श्रावण २०७७, मंगलवार १७:३३
;

मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले अन्तरप्रदेश बासिन्दाको सम्मान, सुरक्षा, व्यवहार र सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ लाई प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख प्रसाईले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेश सभाको बैठकबाट पारित भइ आएको सो विधेयकलाई प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश कुमार तामाङले जानकारी दिए ।

प्रदेश सभाको गत साउन ५ र ६ गते बसेको बैठकले ४ वटा विधेयकहरु पारित गरिएको भएपनि अहिले ३ वटा विधेयकलाई प्रदेश प्रमुख प्रसाईले प्रमाणीकरण गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*