ओलीले पार्टीको विधि–विधानलाई लत्याएः नेता खनाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधि, विधानलाई लत्याएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले पार्टीको विधि र विधानलाई अटेर गरेर एकतर्फि ढङ्गबाट अघि बढेको आरोप लगाएका हुन् ।
प्रधानमन्त्री ओलीले विधि लत्याएर एकतर्फी रुपमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिविपरीत स्थायी कमिटी बैठक रोकेको आरोप लगाएका छन् ।
आज बिहान ११ बजे बोलाइएको बैठकमा बहुमत सदस्यहरु बालुवाटारमा भेला भएका थिए ।
बैठकले ओलीले विधान विपरीत एकतर्फीरूपमा स्थायी कमिटी बैठक रोकेको निष्कर्ष निकाल्दै सच्याउन निर्देशन दिएको खनालको भनाइ छ ।
खनालका अनुसार ३०–३१ जना सदसयहरु बालुवाटारमा उपस्थित रहेका थिए ।
प्रधानमनत्री ओलीलाई बैठक सुचारु गर्न र आफ्नो कुरा बैठकमै राख्न अनुरोध गर्दा पनि ओलीले अटेर गरेको खनालको भनाइ छ ।
जवाफमा ओलीले बैठक कुनै हालतमा राख्नुहुँदैन भनेको खनालको भनाइ छ । आजको भेलाले दुईजना अध्यक्ष एउटा सहमतिमा पुगेर छिटो स्थायी कमिटी बैठक सुचारु गर्न निर्देशन दिएको खनालको भनाइ ।
खनालले पार्टी एकताको रक्षाका लागि आज ओलीलाई पर्खिएको पनि बताए ।