कमरेडहरु उत्तेजनामा नआउनुस्, पार्टी विभाजन हुनसक्छः प्रचण्ड

हेटौडा न्युज
१३ श्रावण २०७७, मंगलवार १५:५९
;

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी गम्भीर अवस्थामा पुगेको भन्दै पार्टीलाई विभाजन हुनबाट जोगाउन आग्रह गरेका छन् । प्रचण्डले यसबेला पार्टी गम्भीर अस्थामा पुगेको भन्दै सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्ने बताएका हुन् ।

मंगलबार ओली बिनाको स्थायी समिति बैठकमा उनले यो समय साहस र धैर्यताका साथ पार्टी एकतालाई जोगाउनु पर्ने अवस्था आएको बताएका हुन् । उनले यो गम्भीर परीस्थितीमा पार्टीलाई आपसी समझ्दारीको आवश्यकता रहेको बताए ।

प्रचण्डले भने, ‘कमरेडहरु पार्टी गम्भीर मोडमा पुगेको छ, अहिले कोही पनि उत्तेजनामा आएर गलत कदम नउठाउनु होला, ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो यसलाई कसैको लहड उत्तेजनाबाट विभाजन हुन दिनु हुँदैन ।’

प्रधानमन्त्री अ‍ोलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि बालुवाटारमा प्रचण्ड–माधवकुमार नेपाल समूहका स्थायी कमिटीको बैठक बसिरहेको छ ।

बैठक बस्नुअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको भएपनि छलफलमा कुनै निष्कर्ष ननिस्केपछि प्रचण्डले ओली बिना नै बैठक सञ्चालन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*