सरकारी डाक्टरलाई निजी क्लिनिकमा काम गर्न निषेध, हेटौंडा अस्पतालले तत्काल लागू गर्ने

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार १९:२०
;

मकवानपुर। नेपाल सरकारको मन्त्री स्तरीय निर्णयले सरकारी अस्पताल वा प्रतिष्ठानमा कार्यररत चिकित्सकले निजी क्लिनिकमा काम गर्नै नपाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी चिकित्सकहरूले प्राइभेट प्राक्टिस वा निजी क्लिनिकमा काम गर्न नपाउने जनाएको छ ।

पछिल्लो समय सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूले आफू कार्यरत दरबन्दी भएको सरकारी अस्पतालमा भन्दा निजी क्लिनिक तथा निजी अस्पतालमा बढी समय दिन थालेको गुनासो आएपछि गत साउन ९ गते यस्तो निर्णय लिएको छ ।

मन्त्रालयका अनुसार सरकारी चिकित्सकहरूले कुनै पनि निजी क्लिनिक वा अस्पतालमा आफू कार्यरत सरकारी अस्पतालको नाम लेख्‍न कतै उल्लेख गर्न समेत नपाउने भएका छन् । सरकारको यस्तो निर्णय कार्यान्वयन गर्न सबै सरकारी अस्पताल तथा प्रतिष्ठानहरूलाई पठाईएको जनाएको छ ।

हेटौंडा अस्पतालमा तत्काल लागू गरिने

यस सम्बन्धमा हेटौंडा अस्पताल विकास समितिका अध्यक्षले सो निर्णय तत्काल लागू हुने बताएका छन् । आफूले यो निर्णय बारे सुनेको भएपनि पत्र आईनपुगेको र पत्र प्राप्त भएकै दिनदेखि कार्यान्वयनमा लगिने बताएका छन् ।

हेटौंडा अस्पतालमा कार्यररत अधिकांश चिकित्सकहरु निजी क्लिनिकमा पनि कार्यररत रहेका छन् । निर्णय कार्यान्वयन भएमा हेटौंडा अस्पतालमा कार्यररत चिकित्सकहरु कुनै पनि निजी क्लिनिकमा प्राईभेट प्राक्टिस वा काम गर्न दुबै पाउने छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*