नेकपाको केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर संकलन

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार १५:४९
;

काठमाडौं । पार्टी भित्रको आन्तरिक विवाद स्थायी कमिटिले समाधान गर्न नसकेको भन्दै नेकपाका केन्द्रिय सदस्यहरुले केन्द्रिय कमिटी बैठक माग गर्ने तयारी थालेका छन् । पछिल्लो समय पार्टीभित्र देखिएको विवाद स्थायी कमिटीले हल गर्न नसकेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठक माग गर्ने भएका हुन् ।

नेकपाको विधान अनुसार एक चौथाइ केन्द्रिय सदस्यहरुले बैठक माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्ने प्रवधान रहेको छ।

नेकपा केन्द्रीय कमिटी सदस्य ठाकुर गैरेका अनुसार केन्द्रीय कमिटी बैठक माग गर्दै सय भन्दा बढी केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन भइसकेको र संकलित हस्ताक्षर बुझाउने तयारी भइरहेको छ ।

भोलिको स्थायी कमिटी बैठकको अवस्था हेरेर हस्ताक्षर बुझाउने उनले बताए ।

यसअघि यिनै केन्द्रीय सदस्यहरुले पार्टी मूख्यालय धुम्बाराहीमा पार्टी एकताका लागि दबाव दिन भन्दै धर्ना बसेका थिए।

बन्दाबन्दीका कारण पनि हस्ताक्षर संकलनमा केही ढिलाइ भए पनि आवश्यक संख्या जुटिसकेको उनले बताए।

फुटको नजिक देखिएको नेकपा भित्र सहमति जुट्न नसक्दा लगातार स्थायी कमिटी स्थगित हुँदै आएको छ।
गएको १० असारदेखि स्थगित हुँदै आएको स्थायी कमिटी बैठक भोलि साउन १३ गतेका लागि बोलाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*