खोलाले बगाउँदा मकवानपुरमा एक जनाको मृत्यु

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार १०:४५
;

मकवानपुर । मकवानपुरको मकवानपुरगढीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका – २, बाँसपानी नजिक सामरी खोलाले बगाउँदा गढी गाँउपालिका– ६ बस्ने ४१ वर्षीय सुमन रुम्बाको मृत्यु भएको हो ।

रुम्बाको शव आइतबार साँझ मकवानपुरगढी २ लामीडाडाँ फेदीमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शवलाई आज पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*