‘गृहमन्त्रालयले के जात्रा देखाको ? : बास्कोटा

हेटौडा न्युज
११ श्रावण २०७७, आईतवार १०:३०
;

काठमाडौं । पूर्व संचार मन्त्री गोकुलप्रसाद बास्कोटाले गृह मन्त्रालयको आलोचना गरेका छन् । बास्कोटाले यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका हुन् ।

बास्कोटाले हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती भएको भन्दै गृहको आलोचना गरेका हुन् । बास्कोटाले गृहको यस्तो नियमलाई ‘जात्रा’ को संज्ञा दिएका छन् ।

बास्कोटाले ट्वीटरमा स्टाटस लेखेर गृहको आलोचना गरेका हुन् । उनले लेखेका छन्, ‘गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने, फेरि अर्को बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती, के उद्देश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ ।’

बास्कोटाले एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने र फेरि अर्को बस चढाउने गर्दा यात्रुहरुले सास्ती पाएकाले तत्काल यस्तो नियम हटाउनुपर्ने सुझाव छ ।

सरकारले लकडाउन अन्त्य गरेसँगै जिल्लाभित्र सार्वजनिक गाडीहरु चल्न थालेका छन् । तर, एक जिल्लाको सिमाना सकिएर अर्को जिल्लाको सिमाना सुरु हुँदा यात्रुहरुले गाडी बदल्नुपर्छ ।

सरकारले भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन चलाउन दिने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*