नेपाल–भारत सीमामा झडप, हँसिया प्रहारबाट सशस्त्र प्रहरी घाईते

हेटौडा न्युज
१० श्रावण २०७७, शनिबार १६:२९
;

रौतहट । नेपाल–भारत सीमा क्षेत्रमा झडप भएको छ । रौतहटको परोहा नगरपालिका–८ नरकटियाको सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमाथि भारतीय पक्षले आक्रमण गरेपछि झडप भएको हो ।

नेपालतर्फ प्रवेश गर्न खोज्ने दुई महिलालाई सशस्त्र प्रहरी बलका जवानहरुले रोकेपछि एक भारतिय महिलाले आफुसँग रहेको हँसियाले सशस्त्र प्रहरीमाथि आक्रमण गरेकी हुन् ।

ड्युटीमा रहेका सशस्त्र प्रहरीका जवानको हातमा चोट लागेको छ ।

उनलाई आक्रमण गर्ने महिला भारतको जिल्ला पूर्वी चम्पारण कबैया पन्चायत ०६ खर्सलवा बस्ने सीमा देवी कुशहवा रहेको प्रहरीले जनाएको छ ।

सो क्रममा भारतीय गाउँ कोरैया र खरसलवाका झण्डै २ सय मानिस एक्कासी आएर हातपातमा उत्रिएपछि झडपको अवस्था सिर्जना भएको थियो ।

झडपका क्रममा भीडलाई तितरवितर बनाउन एक राउण्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जानकारी दिएको छ ।

अहिले सीमाक्षेत्रको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*