नेकपा गम्भीर संकटमा छ: प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको विवादले गम्भीर संकट ल्याउन सक्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता भएको दाबी गर्दै यस्तो बताएका हुन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीभित्रको अन्तर्विरोध बढ्दै जाँदा ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको र यसले कम्युनिस्ट आन्दोलन थप धरापमा परेको बताए ।
काठमाण्डौमा भएको कार्यक्रममा प्रचण्डले ओलीको एकलौटीपनले नेकपामा विवाद आएको बताएका छन् ।