प्रदेश प्रहरी सेवा विधेयक सर्वसमतिले पारित

मकवानपुर । प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बागमती प्रदेश सभाको बैठकले सर्वसमतिले पारित गरेको छ ।
प्रदेश सभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सो विधेयक पारित गरियोस् भनि प्रस्तुत गरेको प्रस्ताब सर्वसमतिले पारित भएको हो ।
यससँगै बागमती प्रदेशमा प्रदेश सरकार मातहत प्रहरी भर्नागर्ने बाटो खुलेको छ ।
प्रहरी विधेयक पारित गरिएपछि कानूनमन्त्री जम्मकट्टेलले संक्षिप्त कुराकानी गर्दै प्रदेश सरकारले प्रदेशमा प्रहरी ऐनमा उल्लेख भएको काम, कर्तव्य, अधिकार र प्रहरीको पदस्थापनको साथै सरुवा र बढुवालगायत अधिकार प्रत्यायोजित गर्ने सन्दर्भमा मार्ग सहज भएकोमा खुसी व्यक्त गरेका छन् ।
प्रदेश सभाको अर्को बैठक भोलि साउन ६ गते २ बजेको लागि
बोलाएको प्रदेशसभाको सभामुख सानुकमार श्रेष्ठले जानकारी दिए ।