नेकपा स्थायी समिति बैठक ४ गतेसम्मका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सि असार ४ गतेसम्मका लागि स्थगित भएको छ ।
असार १८ गतेदेखि पटकपटक स्थगित हुँदै आएको बैठक विहान ११ बजेका लागि बोलाइएको थियो ।
तर अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि सारिएको बैठक अब ४ गते ३ बजे बस्ने गरी स्थगित भएको एक नेताले जानकारी दिएका छन् ।