गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पूर्वी नवलपरासीमा ११, म्याग्दीमा ९, तनहुँमा ३ तथा गोरखा र कास्कीमा १÷१ जना गरी प्रदेशका पाँच जिल्लामा कोरोना कोरोना संक्रमित फेला परेका हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या एक हजार २ सय २८ पुगेको छ ।
पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिकामा एक महिला र ८ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिएका छन् । यस्तै कावासोती नगरपालिकामा ४८ र २६ वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
म्याग्दीको बेनीमा ३, मालिकामा ४, रघुगंगामा १ र मंगलामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी तनहुँको भिमादमा २ र आँबुखैरीनीमा १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गोरखाको गोरखा नगरपालिका र कास्कीको पोखरा उपमहानगरपालिकामा एक(एक जनामा कोरोना देखिएको छ ।