सुरुङका लागि जनतासंग उठाएको पैसाको निर्णय संघीय सरकारले गर्छ

भिमफेदी– कुलेखानी सुरुङ मार्गका लागि १ अर्ब २२ करोड बजेट
हेटौडा न्युज
१६ असार २०७७, मंगलवार १८:४२
;

मकवानपुर । मकवानपुरको भिमफेदी– कुलेखानी सुरुङ मार्गका लागि आगामी आर्थिक वर्षमा १ अर्ब २२ करोड बजेट विनियोजन गरीएकोे छ । संघीय सरकार र प्रदेश सरकारको सहकार्यमा निर्माण हुन लागेको सो सुरुङ मार्गका लागि संघीय सरकारको २ करोड र प्रदेश सरकारको १ अर्ब २० करोड गरी कुल १ अर्ब २२ करोड बजेट विनियोजन गरीएको हो ।

बागमती प्रदेशको गौरवको रुपान्तकारी आयोजनको रुपमा रहेकोे मदन भण्डारी मार्ग अन्तर्गतको भिमफेदी– कुलेखानी (पोष्टबहादुर बोगटी) सुरुङ मार्गका लागि आगामी चार वर्ष भित्र सम्पन्न गर्ने गरी बजेट विनियोजन गरीएको बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले बताएका छन् ।

संघीय राजधानीसंग प्रदेशको राजधानीलाई छिटो, भरपर्दो र दिगो रुपमा जोड्न सो सुरुङ मार्गको ठेक्का प्रक्रिया अघि बढाईने मन्त्री फुयाँलले बताए ।

भिमफेदी– कुलेखानी (पोष्टबहादुर बोगटी) सुरुङ मार्ग नितान्त संघीय सरकारसंगको सहकार्यमा बगमती प्रदेशको प्रोजेक्ट रहेको उनले बताए ।

विगत केहि समय अघि पनि सो सुरुङ मार्ग निर्माणका लागि एक निजी कम्पनीले जनतासंग उठाएको पैसा बारे के हुन्छ ? भन्ने प्रश्नमा मन्त्री फुयाँलले भने “यस अघिको कुरा संघीय सरकारसंग भएकोले यस विषयमा संघीय सरकारको निर्णय, निर्देशन अनुसार नै कारवाही हुने बताए ।”

यस अघि सुरुङ मार्ग बनाउछु भन्ने निजी कम्पनीले केहि कागजी काम मात्र गरेको अनुमान लगाउन सकिन्छ तर काम भने नभएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*