सर्वोच्चले माग्यो संसद्‍मा हिन्दी बोल्नुको कारण

हेटौडा न्युज
११ असार २०७७, बिहीबार १७:२३
;

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्‍मा हिन्दी भाषा बोल्नुको कारण माग गरेको छ । सर्वोच्च अदालतले संघीय व्यवस्थापिकामा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई निर्देशन दिएको  हो ।

बिहिबार सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले संसद्‍मा नेपाली भाषा बोल्न विधायकलाई किन नलगाएको भन्दै कारणसमेत मागेका हुन् ।

अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले संसदमा नेपाली भाषा मात्रै बोल्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*