जनप्रतिनिधिको पाराः गाउँसभा मै कुटाकुट


झापा । झापा जिल्लाको हल्दिबारी गाउँपालिकाको हिजोको गाउँसभामा एकआपसमै कुटाकुट गरेका छन् । गाउँसभा भईरहेको समयमा पालिका सदस्यहरुले अध्यक्ष रवीन्द्र लिङ्गदेललाई मुक्का प्रहार गरेपछि जनप्रतिनिधिहरुकै बीच कुटाकुट भएको थियो ।
सो घटनामा पालिकाका रहेका कुर्सी, टेबुल भाँचिएका छन् भने गाउँपालिका अध्यक्ष लिङ्गदेल सहित अन्य घाईतेहरुको भद्रपुरको मेची अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष लिङ्गदेनका अनुसार नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको आरोप लगाउँदै सभा विथोल्न केही उच्छृंखल व्यक्तिहरुको कारण कुटपिट र भौतिक क्षति भएको जनाएका छन् ।
सभामा प्रस्तुत नीति तथा कार्यक्रमका सम्बन्धमा सुझाव संकलन गर्ने क्रममा विवाद भएको र एक्कासी आक्रमण सुरु भएको अध्यक्ष लिङ्गदेलको आरोप रहेको छ । तर वडा नम्बर ३ का अध्यक्ष त्रिलोचन सापकोटाले भने अध्यक्ष लिङ्गदेलकै गोप्य डिजाइनमा गाउँसभा भाँडिएको आरोप लगाएका छन् ।