कार्पेटको सट्टा क्वारेन्टिनको चुकुल फेरेको भए बलात्कार हुने थिएन

हेटौडा न्युज
९ असार २०७७, मंगलवार १५:५२
;

काठमाडौं । सांसद रंगमती शाहीले राष्ट्रपति कार्यालयमा कार्पेट फेर्ने पैसाले क्वारेन्टिनको ढोकाको चुकुल फेरेको भए महिलाहरु बलात्कारको सिकार हुने थिएनन् भन्दै सरकारको आलोचना गरेकी छिन् । उनले व्याङ्ग्यत्मक शैलीमा सरकारको आलोचना गरेकी हुन् ।

मंगलबार प्रतिनिधि सभा संसदमा बोल्दै शाहीले राष्ट्रपति कार्यालयमा कार्पेटको सट्टा क्वारेन्टिनको ढोकाको चुकुल फेरर महिलालाई बलत्कारको सिकार हुनबाट जोगाउनु पर्ने धारण व्यक्त गरेकी छिन् ।

सांसद शाहीले प्रधानमन्त्री ओली कोरोना संक्रमतिको टाउको गनेर बसिरहेको शाहीले आरोप लगाएकी छिन् ।

रसिक, तर व्यंग्यात्मक अभिव्यक्ति दिने सांसद शाही पिछडिएको क्षेत्र हुम्ला जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*