कोरोना लागेमा हाच्छ्यिूँ गरेर उडाइदिनु पर्छ: प्रधानमन्त्री ओली

मकवानपुर । सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संक्रमण भएमा हाच्छ्यिूँ गरेर उडाइदिनुपर्ने बताएका छन् । आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले कोरोना लागेमा हाच्छियूँ गरेर उडाइदिनु पर्ने बताएका हुन् ।
उनले भने ‘ कोरोना लाग्यो भने हाच्छ्यिूँ साच्छ्यिूँ गर्नुपर्छ, पानी सानी खानुपर्छ उडाइदिनुपर्छ ।’
कोरोना लाग्यो भन्दै चिन्ता लिएर बस्नेहरुलाई सरकारले बचाउन नसक्ने भन्दै कोरोनालाई सामान्य ठानेर मनोवल उच्च पार्नुपर्ने उनको भनाई छ ।
‘हामीले हजारौँ भन्दा बढीलाई बचाएर घर पठाएका छौँ, होला एक दुई जना विते होला तर हजारौँ बाँचेर घर गएका छैन् ।’