सामाजिक विकासमा बागमती प्रदेशको बजेट यस्तोः

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को बार्षिक बजेट सार्वजनिक गरेको छ । हिजो सोमबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रदेश सभामा कुल ५१ अर्ब ४२ करोड ७४ ला ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेटमा सामाजिक विकास मन्त्रालय अन्तर्गतका विभिन्न महत्वपूर्ण कार्यक्रमहरु समावेश गरीएको छ । सामाजिक विकास मन्त्रालयले बजेटमा समावेश गरिएको आफ्ना विभिन्न महत्वपूर्ण कार्यक्रमहरु सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको छ ।
सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरीएको आगामी बजेटमा समावेश भएका महत्वपूर्ण कार्यक्रमहरु यस्ता छन् ।
१.कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम, नियन्त्रण र उपचारको तथा गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुर्याउन हाल प्रदेश अस्पताल नभएका जिल्लाहरु मध्ये दोलखाको चरिकोट, काभ्रेको मेथिनकोट, ललितपुरको बज्रबाराही र चितवनको रत्ननगर अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गरी सबै जिल्लाका अस्पतालको सेवा विस्तार गर्ने ।
२. क्यान्सर पीडितलाई नेपाल सरकारले दिदैं आएको १ लाख सहायतामा ५० हजार रकम थप गरेर १ लाख ५० हजार प्रदान गरिने ।
३. सबै जिल्लामा डाइलासिस सेवा सन्चालन गर्ने ।
४. बागमती प्रदेशका सबै ६६ निर्वाचन क्षेत्रमा नै स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तहका थप २१ ओटा स्वास्थ्य संस्थाबाट अस्पताल सेवा सञ्चालन गर्ने ।
५. आमा बुवा दुवै नभएका अनाथ बालबालिकालाई प्रति व्यक्ति मासिक २ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिने ।
६. ३ सय ५९ वटा माध्यामिक विद्यालयमा नर्स सेवा उपलब्ध गराउने ।
७. प्रदेश विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिस्ठान संचालन गर्ने ।
८. पाँच वटा आवसीय विद्यालय सन्चालन गर्ने ।
यो पनि पढ्नुहोस् ।