५० अर्बको बजेट संसदमा प्रस्तुत गर्दै बागमती प्रदेश सरकार

हेटौडा न्युज
१ असार २०७७, सोमबार ०९:४८
;

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रदेश सभामा आज प्रस्तुत गर्ने भएको छ । आज अपरान्ह ४ बजे प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्ने तयारी गरिएको हो ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५० अर्बको बजेट ल्याउँदै छ । सरकारले चालू आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ बजेट ल्याएको थियो ।

प्रदेश सरकारले कृषि र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षमा ५० अर्बको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । बजेट प्रस्तुतका लागि हिजो जेठ ३२ गतेबाट प्रदेश सभा बैठक सुचारु गरिएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएर बजेट तयार पारिएको मन्त्री ढुंगेलले बताएका छन् । कोरोना प्रभावलाई मध्यनजर गर्दै आगामी वर्षको बजेट तयार पारिएको मन्त्री ढुंगेलले बताए ।

आगामी आर्थिक वर्षको बजेटमा कृषिमा अनुदान भन्दा पनि कृषि ऋणलाई प्राथमिकता दिइएको, विदेशमा रहेका हजारौं युवा स्वदेश फर्कने तयारीमा रहेको र स्वदेशमै रहेका युवा पनि बेरोजगार रहेको अवस्थामा कृषिलाई प्राथमिकता दिएको मन्त्री ढुंगेलले बताए ।

बागमती प्रदेश सरकारलाई संघिय सरकारले १४ अर्व ८६ करोड ९८ लाख रुपैयाँ अनुदान दिएको छ । जुन समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*