पत्रकार पुडासैनीमाथि दूर्व्यवहार, कारवाहीको लागि उजुरी दर्ता गरिने

हेटौडा न्युज
२७ जेष्ठ २०७७, मंगलवार २०:०२
;

मकवानपुर । तु खबरका समाचार प्रमुख बलराम पुडासैनीलाई समाचार संकलनका क्रमका अभद्र व्यवहार भएको छ ।

किसान युरिया मल कुरेर आज विहान सबेरैदेखि लाइनमा बसेको सूचना पाएपछि समाचार संकलन गर्न गएका तु खबरका समाचार प्रमुख पत्रकार पुडासैनीमाथि अभद्र व्यवहार भएको थियो ।

समाचार संकलनका क्रममा पुडासैनीमाथि अभद्र व्यवहार भइरहेका बेला प्रहरीले छुट्याएको थियो ।

तु खबरले पत्रकार पुडासैनीमाथि दूर्व्यवहार गर्ने ती व्यक्ति को हुन् भनी आज दिनभरि खोजी गर्दा उनी हेटौंडा ९ का रमेश गेलाल रहेको खुलेको छ ।

समाचार संकलनका क्रममा एक्कासी पत्रकार पुडासैनीमाथि गेलालले दूर्व्यवहार गरेका थिए । तैले भिडियो खिचेर के हुन्छ भन्दै उनले अपशब्द प्रयोग समेत गरेका थिए ।

तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीले पुडासैनीमाथि दूर्व्यवहार गर्ने गेलाललाई कानून अनुसार कारवाही गर्न भोलि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिने बताएका छन् ।

‘युरिया मल नपाएर किसान पीडित भइरहेका बेला तु खबरले निरन्तर समाचार फलोअप गरिरहेको अवगत नै छ, कोरोना संक्रमणको यस्तो जटिल अवस्थामा पनि अग्रपंक्तिमा रहेर सूचना संकलनमा खटिरहेका पत्रकार पुडासैनीमाथि गरिएको दूर्व्यवहार निन्दनीय छ’– सम्पादक अधिकारीले भनेका छन् ।

दोषीलाई कानून अनुसारको कारवाहीको लागि आवश्यक काम गरिने सम्पादक अधिकारीले बताएका छन् ।

दोषीलाई कानून अनुसार कारवाहीका लागि आवश्यक पहल गरिदिन अधिकारीले सबै पत्रकारहरुलाई आग्रह समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*