मल लिन ४ बजे देखि लाइनमा, ५ घण्टा भयो मल पाउने टुङ्गो छैन

हेटौडा न्युज
२७ जेष्ठ २०७७, मंगलवार ११:२०
;

मकवानपुर । एका बिहानैदेखि हेटौंडामा मल लिनका लागि किसानहरुको लामो लाइन लागेको छ । बिहान सबेरै देखि हेटौंडा–४ पारिजतपथमा रहेको एक कृषि सहकारीको मल वितरण केन्द्रमा करिब ५ सयको हाराहारीमा युरीया मल लिने कृषकको लाइन लागेको हो ।

कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले लकडाउन गरेको छ तर लकडाउन र कोरोना संक्रमण को जोखिम समेत वास्ता नगरी मकवानपुरका कृषकहरु मल लिनका लागि भोक, तिर्खा नभनि लाइन लागेकका हुन् ।

मल वितरणकै क्रममा केहि बेर तनावको स्थिती समेत सृजना भएको थियो । लाइन बसेका सबैलाई मल नपुग्ने खबर फैलिए पछि मल वितरण केन्द्रमा तनावको स्थिती बनेको हो ।

हेटौंडा उपमहानगरपालिकाको समन्वयमा कृषि सहकारी मार्फत युरिया मल वितरण गरिएको तर बिहानै देखि लाइन बस्दा समेत कहिले मल पाउने भन्ने टुङ्गो नभएको कृषकहरुको गुनासो छ ।

मलको लागि लगातार दश दिन धाएको र आज विहान ४ बजे देखि लाइन बसेपछि मात्र आफुले २० के.जि. मल पाएको एक किसानले बताए । विहानै जिल्लाका विभिन्न क्षेत्रवाट हिडेरै मल लिनका लागि कृषकहरु लाइन बसेका छन् ।

प्रशासनकै आँखा अगाडी कृषकको यस्तो हरी विजोग हुँदा सम्म मकवापुरका स्थानिय तहका प्रतिनिधि भने आश्वासन मात्र दिंदै हिडेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*