हेटौँडामा कक्षा ८ को मौका परीक्षा वैशाख १० गतेदेखि

एउटै विद्यालयका १४१ विद्यार्थी नन-ग्रेडेड !
हेटौडा न्युज
२७ चैत्र २०८१, बिहीबार २१:४०
;

मकवानपुर/हेटौँडा उपमहानगरपालिकाले आधारभूत तह (कक्षा ८) को मौका परीक्षा आगामी वैशाख १० गतेदेखि सञ्‍चालन गर्ने भएको छ । उपमहानगरपालिका परीक्षा समितिको बिहीबार बसेको बैठकले बुधबार प्रकाशित नतिजामा नन ग्रेडेड नतिजा आएका परीक्षार्थीहरूका लागि मौका परीक्षा सञ्‍चालन गर्ने शिक्षा विकास शिक्षा विकास महाशाखा प्रमुख सिताराम कोइरालाले जानकारी दिए ।

बुधबार प्रकाशित नजिताअनुसार आधारभूत तह परीक्षामा हेटौँडा उपमहानगरपालिकाका कूल ४ हजार २९ परीक्षार्थीमध्ये ५३७ जनाले १.६ भन्दा कम जिपिए प्राप्त गरेका छन् । कूल ८४ वटा विद्यालयको औसत जिपिए २.७१ रहेको छ ।

महाशाखा प्रमुख कोइरालाले अघिल्ला वर्षको तुलनामा यो नतिजालाई सन्तोषजनक भने । परीक्षा समितिको बिहीबारको बैठकले प्रकाशित नतिजामा चित्त नबुझे वैशाख ३ गतेसम्म पुनर्योगका लागि आवेदन दिन सकिने निर्णय समेत गरेको छ ।

एउटै विद्यालयका १४१ विद्यार्थी नन-ग्रेडेड !

हेटौँडा उपमहानगरपालिकाले बुधबार सार्वजनिक गरेको नतिजामा एउटै विद्यालयबाट १४१ विद्यार्थी ग्रेडिङमा पर्न असफल भएका छन् ।

हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयबाट परीक्षामा सहभागीमध्ये ६० जनाले मात्र १.६ भन्दा माथि जिपिए प्राप्त गरेका छन् । सो विद्यालयबाट १९७ जनाले परीक्षा फारम भरेकोमा १७५ जना परीक्षामा सहभागी भएका थिए ।

एउटै विद्यालयबाट यति धेरै परीक्षार्थी श्रेणी विहीन हुँदै माथिल्लो कक्षा पढ्न अयोग्य कसरी भए ? भन्ने प्रश्नमा विद्यालयका एक शिक्षकले विद्यार्थीहरूले परीक्षामा प्राप्त गरेको वास्तविक अङ्कलाई नै समावेश गरेर पठाइएको बताए । विद्यार्थी संख्या बढाउन भर्नाको समयमा बाहिरबाट आएका सबैखाले विद्यार्थीलाई समेट्दा पनि समस्या भएको उनले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*