मकवानपुरको सिस्नेरीमा दहमा डुबेर तीन बालकको मृत्युु

मकवानपुर/मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३, सिस्नेरीमा पौडी खेल्ने क्रममा डुबेर तीन बालकको मृत्यु भएको छ ।
सोमबार अपरान्ह ईन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी स्थित कुलेखानी खोला नजिकै दहमा पौडी खेल्न गएका उनीहरूको डुबेर मृत्युु भएको हो ।
मृत्यु हुनेमा १५ वर्षीय सुशान्त आचार्य, काभ्रे नमोबुद्द फुलबारी दाप्चाका १४ वर्षीय प्रमेश घोरासैनि र उनका भाइ अन्दाजी ११ बर्षीय प्रभात घोरासैनि रहेका छन् । दहमा डुबी बेपत्ता तिनैजनालाई उद्धार गरि पाटन अस्पताल लगिएका उनीहरूलाई चिकित्सकले मृत घोषित गरेका थिए । घोरासैनी दाजुभाइ वार्षिक परीक्षा सकेर बिदा मनाउन सिस्नेरी मामाघर आएका थिए ।