नेपाली लेखक सङ्घको अध्यक्षमा वियोगी

लुम्बिनी/नेपाली लेखक सङ्घको अध्यक्षमा वियोगी बुढाथोकी निर्वाचित भएका छन् । लुम्बिनीमा आइतबार सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा डा. रत्नमणि नेपाललाई पराजित गर्दै बुढाथोकी अध्यक्ष चुनिएका हुन् ।
बुढाथोकीले ११५ मत प्राप्त गर्दा नेपालले ५९ मत पाए ।
यस्तै सङ्घको सह-अध्यक्षमा मनोज न्यौपाने र महासचिवमा सोझो गाउँले निर्वाचित भएका छन् । तीनबाहेक अन्य पदमा भने सर्वसम्मत पदाधिकारी चयन भएका छन् ।
प्रजातान्त्रिक लेखकहरूको साझा संस्था नेपाली लेखक सङ्घको उपाध्यक्षमा दामु मर्सिफुल, डा. इश्वरमणि अधिकारी, डा. विष्णु केसी र डा. शशी थापा पण्डित निर्विरोध हुँदा महिला उपाध्यक्षमा विमला तुम्खेवाको मात्रै उम्मेदवारी रहेको थियो । यस्तै उपाध्यक्ष परराष्ट्रतर्फ युवराज डिसी चुनिए ।
उपमहासचिवमा नारायण सापकोटा, कोषाध्यक्ष विशु कुमार केसी, सचिवमा निर्मल ढुंगाना, डा. लोकेन्द्र बहादुर खड्का र मिलन समीर तथा महिला सचिवमा निर्मला कोइराला निर्विरोध भए ।
खुला केन्द्रीय सदस्यमा इन्द्र लम्साल, सन्तोष बोहरा, राजन बस्नेत, सुदर्शन आचार्य, दिवाकर घिमिरे, विमल वैद्य, अमृत क्षेत्री, हरिप्रसाद चालिसे, महेन्द्र वाग्ले र रामचन्द्र घिमिरे चयन भए । भूगोलतर्फ जेबी खत्री (कोसी), भगवती खनाल (बागमती), डा. गणेशप्रसाद शर्मा (गण्डकी), लीलाधर पाण्डेय (लुम्बिनी), कमला केसी (कर्णाली) र भोजराज जोशी (सुदूरपश्चिम) छानिए भने महिला सदस्यमा राधिका गुरागाईँ, गंगा विष्ट, शोभा अधिकारी, ईन्दिरा निरौला र सन्जा कुमारी दनुवार सर्वसम्मत भए ।
अधिवेशनले केन्द्रीय सदस्यमा गणेशबहादुर नेपाली (दलित), मनु योङहाङ (आदिवासी जनजाति) र द्रोपति डाँगी (पिछडिएको क्षेत्र) समेत निर्विरोध चयन गरेको छ ।
शनिबारदेखि दुईदिन चलेको राष्ट्रिय अधिवेशनमा देशभरबाट ३ सयभन्दा बढी केन्द्रीय प्रतिनिधि लुम्बिनी पुगेका थिए ।