हेटौंडाको चौकीटोलमा देवरद्वारा भाउजूको हत्या

हेटौडा न्युज
१२ चैत्र २०८१, बुधबार २३:४१
;

मकवानपुर/आफ्नै देवरको खुकुरी प्रहारबाट हेटौँडामा एक महिलाको ज्यान गएको छ । हेटौँडा १, चौकीटोलका राहुल (रमेश) दासको खुकुरी प्रहारबाट उनकी जेठी भाउजू ३५ वर्षीया गुडिया दासको मृत्यु भएको छ ।

टाउकामा गम्भीर चोट लागेको गुडियाको घटनास्थलमै मृत्यु भएको थियो ।
रमेशले माइला दाजु रुपेश दासलाई पनि खुकुरी प्रहार गरेका छन् । प्रहरीका अनुसार घरायसी विवाद हुँदा भाइको खुकुरी प्रहारबाट रुपेशको शरीरका विभिन्न भागमा चोट लागेको छ । गम्भीर घाइते उनको हेटौंडामा उपचार भइरहेको छ ।
प्रहरीले घटनामा प्रयोग भएको खुकुरीसहित २३ वर्षीय रमेशलाई नियन्त्रणमा लिएको छ । खुकुरी प्रहार गर्नुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*