कुलमान बर्खास्तको बिरोधमा हेटौँडामा टुकी जुलुस
पुत्ला दहन रोक्न खोज्दा इन्स्पेक्टर घाइते

मकवानपुर/सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको बिरोधमा वाइसीएल मकवानपुरले हेटौँडामा प्रदर्शन गरेको छ । मङ्गलबार साँझ टुकी बत्ती सहितको जुलुसले सरकारको बिरोधमा नाराबाजीसहित नगर परिक्रमा गरेको छ ।
बिरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका थिए । पुत्ला दहन रोक्न खोज्दा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच भएको घम्साघम्सीमा प्रहरी निरीक्षक बिमला कठायत घाइते भएकी छिन् । त्यसक्रममा ख्वपःगल्लीमा रहेको तरकारी बजार क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो ।