एसईई परीक्षाः पहिलो दिन मकवानपुरमा १५९ परीक्षार्थी अनुपस्थित

हेटौडा न्युज
६ चैत्र २०८१, बिहीबार १७:३१
;

मकवानपुर/बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पहिलो दिन मकवानपुरमा १५९ परीक्षार्थी अनुपस्थित भएका छन् । अनिवार्य अंग्रेजी विषयको परीक्षामा बिहीबार नियमिततर्फ ६३, प्राविधिक धारका ७ र ग्रेडवृद्धिका लागि फारम भरेका ८९ विद्यार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर निमित्त प्रमुख रविन कुमार यादवले जानकारी दिए ।

यसपटक परीक्षाका लागि मकवानपुरमा २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । अघिल्लो वर्ष २६ केन्द्र रहेकोमा यस वर्ष कैलाश गाउँपालिकाका लागि कालिका मावि, कैलाश ९ र प्राविधिक धारका विद्यार्थीहरूका लागि श्रमिक मावि, हेटौँडा ४ केन्द्र थप गरिएको हो ।

यस वर्ष मकवानपुरबाट अन्य परीक्षार्थीसँगै ६ जना कैदीबन्दी पनि एसईई परीक्षामा सहभागी भएका छन् । हेटौँडा २ मा रहेको सिद्धार्थ माविबाट परीक्षा फारम भरेका उनीहरूलाई कारागारभित्रैबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

मकवानपुरबाट कूल ७ हजार ४५६ जनाले परीक्षामा सहभागिता जनाउँदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*