उपविजेतामै सीमित भयो नेपाली महिला फुटबल टोली

हेटौडा न्युज
१४ फाल्गुन २०८१, बुधबार २३:०१
;

मकवानपुर/अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित बनेको छ । बुधबार दशरथ रंगशाला भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा घरेलु टोली नेपालले म्यानमारसँग २-० गोलको हार बेहोर्दा उपविजेतामा चित्त बुझाउनु परेको हो।
नेपालले सन् २०१० यता छ वटा महिला साफ च्याम्पियनसिप, तीन वटा साग गेम्स, एक वाफ विमेन्स च्याम्पियनसिप र अन्य तीन वटा अनौपचारिक प्रतियोगिताको फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेको छैन ।
बुधबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको दुई मिनेटको अन्तरमा नेपालले दुई गोल खाएको थियो ।
खेलको ६२ मिनेटमा म्यानमारले नो पो खिनको गोलमा अग्रता लिएको थियो। त्यसको दुई मिनेटपछि नै म्यानमारले अग्रता दोब्बर पार्‍यो । खेल अवधिभर प्राविधिक रुपमा उत्कृष्ट देखिए पनि नेपालले केही सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेन ।
नेपालले महिला एसिया कप र फिफा विश्वकप छनोटको तयारी स्वरुप यो प्रतियोगिता आयोजना गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*