अस्मिताको गीत र प्रितिको नृत्यमा रमाउँदै हेटौँडा महोत्सव

हेटौडा न्युज
१३ फाल्गुन २०८१, मंगलवार ०७:०६
;

मकवानपुर/हेटौँडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा मङ्गलबार भोजपुरी मोडल प्रिति पासवानको नृत्य र गायिका अस्मिता अधिकारीको गायन प्रस्तुत हुने भएको छ । मेला अवलोकनकर्ताहरूको मनोरञ्जनका लागि दैनिक विभिन्न कलाकारहरूको साङ्गीतिक प्रस्तुतिसँगै मङ्गलबारको मुख्य आकर्षणका रुपमा डान्सर तथा मोडल पासवानलाई आयोजकले निम्त्याएको हो ।
मङ्गलबार महोत्सवमा गायन प्रस्तुतिका लागि गायिका अस्मिता अधिकारीसँगै गायक महेश काफ्ले, कर्ण राज गिरी, सन्जय देवकाेटा, लाेक गायिका रेखा लामा, गायक नवीन पाैडेल लगायतका कलाकारहरु आउने महोत्सव व्यवस्थापक अनित विष्टले जानकारी दिए ।
महोत्सवमा बुधबार भने गायक राजु लामासँगै उनको ब्यान्ड मङ्गोलियन हार्टको विशेप प्रस्तुति रहने छ । यसका लागि अलग्गै टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
हेटौँडा १०, टिसिएन चौरमा जारी महोत्सव फागुन १८ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*